विस्तारै चहलपहल बढ्दै, काठमाडौं भित्रिने गाडीमा घुईंचो

सहयात्रा टिभी

काठमाडौं । दसैँ मान्न घर गएकाहरु फर्किन थालेपछि शहर र सडकमा चहलपहल बढ्न थालेको छ । चहलपहल बढ्न थालेसंगै  यात्रुको संख्यामा समेत वृद्धि भएको छ ।

असोज १४ गते देखि असोज १९ गतेसम्म चार लाख १२ हजार ६८८ यात्रु काठमाडौँ भित्रिसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सो अवधिमा मादकपदार्थ सेवन गरी सवारी चलाउने एक हजार ९७, बढी भाडा लिई सवारी चलाउने ५३, बढी भाडामा टिकट बेच्ने (बिचौलिया) ३४, बढी भाडा लिने ट्याक्सी ५०, रुट इजाजतबिना सवारी चलाउने २१ सवारी चालक  कारबाहीमा परेका छन ।

गत वर्षको तुलनामा यसवर्ष कोजाग्रत पूर्णीमाको दिनसम्म कम यात्रु उपत्यका भित्रिएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता उमेश रञ्जितकारले जानकारी दिए ।

 

 

प्रकाशित : 6 October, 2017

प्रतिक्रिया दिनुहोस्