सीमा रक्षाक नेपाली भारतीय अदालतद्वारा रिहा
सप्तरी । सीमा रक्षाका लागि लडेका देवनारायण यादव आज भारतीय अदालतद्वारा रिहा भएका छन् । भारतीय प्रहरीले यही असोज १५ गते सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ का देवनारायण यादव र उनका छोरा अजयलाई पक्राउ गरेको थियो । उनिहरुलाई साधारण तारेखमा छाडिएको जनाएको छ ।
भारतको कुनौलीबाट पक्राउ परेका छोरा अजयलाई छुटाउन कुनौली गएका बेला देवनारायणलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेपछि आइतबार बिहान बुवा देवनारायणले छोरालाई रिहा गराउन गएको बेला कुनौली थानाका इन्चार्ज दरोगा उमेश यादवसँग देवनारायणको चर्काचर्की र गाली गलौज नै परेपछि भारतीय प्रहरीले देवनारायणसमेतलाई पक्राउ गरेको थियो । भारतको सुपौल जिल्ला अन्तर्गत कुनौली थानाले पक्राउ गरेका देवनारायणलाई वीरपुर थानाले अपहरणको मुद्दा चलाएको थियो ।
सीमा रक्षाका लागि लडेका देवनारायण र उनका छोराको रिहाईसँगै तिलाठीबासीमा खुशी छाएको छ ।