केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजदेखि तिहार सुरु, आज पहिलो दिन काग तिहार

सहयात्रा टिभी

काठमाडौं । नेपालीहरुकोको दोस्रो ठूलो चाड तिहार (यमपञ्चक) कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन आजदेखि सुरु भएको छ । आज काग तिहार रहेको छ । दसैंको १५ दिनपछि सुरु हुने तिहारको पहिलो दिन आज कागको पूजा गरिन्छ । तिहारका पाँच दिन क्रमशः काग तिहार, कुकुर तिहार, गाई तिहार,(लक्ष्मी), गोरु (गोवद्र्धन) तिहार र अन्तिम दिन कार्तिक शुक्ल पक्षको द्वितीयाको दिन भाइटीका पर्दछ । पांच दिनसम्म धुमधामका साथ तिहार मनाईने हुनाले यसलाई यमपञ्चक पनि भनिन्छ ।

यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीका दिन चलाख पन्छी कागको पूजा गरिन्छ । यमराजको दूत मानिएको कागको सबैलाई समान दृष्टिले हेर्छन् दोस्रो दिन कार्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार परेको छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । संस्कृतिविद्का अनुसार कुकुरलाई पनि यमराजको प्रियभक्त र दूतका रूपमा लिइन्छ । त्यस्तै, तेस्रो दिन गाईलाई गौमाता वा लक्ष्मीको रूपमा पुजिन्छ । यस दिन गाईलाई विभिन्न रङ र फूलको मालाले रंग्याइन्छ र मिठा मिठा परिकार खान दिईन्छ । त्यस्तै, चौथो दिन, गोरु पूजा, खेतीपातीमा सहयोग गर्ने गोरुको पूजा गरिन्छ ।

त्यस्तै, अन्तिम दिन अर्थात तिहारको पांचौ दिन कार्तिक शुक्ल द्वितीया तिथिमा भाइटीका गरिन्छ । भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई विधिपूर्वक पूजाआजा गर्ने र सप्तरंगी टीकाका साथै कहिल्यै नओइलिने मखमली फूलको माला लगाइदिने र उपहार दिन परम्परा छ । यता, दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणा एवं वस्त्र आदि दिने गर्दछन् । हिन्दू धर्मअनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई पाँच दिनसम्म बिताएको र सोहि पांच दिनलाई तिहारको रुपमा यमपञ्चक भनि मनाउन थालिएको इतिहास रहि आएको छ ।

प्रकाशित : 17 October, 2017

प्रतिक्रिया दिनुहोस्