केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कम्युनिस्टहरुले अधिनायकवादी शासन गर्न खोज्दैछन्, मुलुक र प्रजातन्त्र खतरामा पर्ने संकेत : प्रधानमन्त्री देउवा

सहयात्रा टिभी

भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टहरुबाट नै मुलुक र प्रजातन्त्र झनै खतरामा पदैए जाने बताएका छन् । नेपाली कांग्रेस भक्तपुरले नेपाल संवत् ११३८, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुवाट देश झन झन खतरामा पर्दै गएको र अझ यसले भोली गएर डरलाग्दो रुप लिने बताएका हुन् । प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुले अधिनायकवादी शासन गर्ने भएकाले प्रजातन्त्र खतरामा पर्ने संकेत गरेका हुन् ।

एमाले र माओवादी केन्द्रले कम्युनिष्ट एकता गर्दै ‘मुलुकमा अधिनायकवादी शासन लाद्न खाज्दैछन् प्रधानमन्त्री देउवाको भनाई थियो । कम्युनिष्टहरुको शासन राणाशासनभन्दा कडा तानाशाही र निरंकुश हुन्छ’, उनीहरु डरत्रास मच्चाएर शासन गर्छन्, त्यसैले मुलुक र प्रजातन्त्र कम्युनिष्टहरुबाट खतरामा छ प्रधानमन्त्री देउवाले भने । यसर्थ, मुलुक र प्रजातन्त्रको रक्षार्थ अबको निर्वाचनमा भारी मतले कांग्रेसलार्य विजयी गराउनुपर्छ तवमात्र प्रजातन्त्रको रक्षा हुनेछ उनको भनाइ थियो ।

 

प्रकाशित : 21 October, 2017

प्रतिक्रिया दिनुहोस्