केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौंस्थित म्हेपीमा एकाबिहानै गोली चल्यो, एक घाइते

सहयात्रा टिभी

काठमाडौं । काठमाडौंस्थित म्हेपीमा आज बिहानै गोली चलेको छ । आज बिहान ४ बजेतिर गोली चल्दा एक जना घाईते भएका छन् भने प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । ३ बजेर ५० मिनेटमा नचिनेका दुई जना मानिसले चलाएको गोली लागेर स्कुटरमा सवार काठमाडौं रानीवनका कल्याण गुरुङ घाइते भएका हुन् । गुरुङको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । घाइतेको उपचार भइरहेको छ भने गोली हान्ने व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा केही दिन अघि नचिनेको मान्छेले चलाएको गोली लागेर निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको थियो । प्रहरी स्रोतका अनुसार शनिबार राति लैनचौरस्थित एक डिस्कोमा नाच्न भेला भएका समूहवीच झगडा भएको थियो । सोही झगडाका कारण बिहान साढे ३ बजेतिर गोली चलेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

यसरी डिस्कोमा भएको गोलीकाण्डले राजधानीभित्र साना हतियारको बिगबिगी बढेको र काठमाडौंमा झनै त्रास देखिएको छ ।

प्रकाशित : 22 October, 2017

प्रतिक्रिया दिनुहोस्