प्रतिबन्धित सालकको खपट विक्रि गर्न लैजादै गर्दा ३ जना पक्राउ

सहयात्रा टिभी

धादिङ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले धादिङको आदमघाटमा प्रतिबन्धित सालकको खपटा सहित तीन जनालाई पक्राउ गरेको छ ।
मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई खपटा बिक्रीको लागि गाउँबाट लैजाँदै गर्दा उनिहरुलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका वडा नम्बर ७ का झंकबहादुर अधिकारी, भिमबहाुर पंडित र रामाजी भूजेल रहेका छन् । लोपोन्मुख र प्रतिबन्धित मानिएको सालकको खपटा बोकेको आरोपमा उनिहरुलाई वन्यजन्तु ऐन अनुसार मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रकाशित : 25 October, 2017

प्रतिक्रिया दिनुहोस्