संसद विकास कोषका लागी छुट्टाइएको ८५ करोड रकम रोक्का

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगले सांसदका विकास योजनाका लागी छुट्टाइएको रकम रोक्का गरिदिएको छ । आयोगले कात्तिक १२ गते सांसद विकास कोषका नाममा स्वीकृत सबै योजना रद्द गर्ने निर्णय गरेसंगै सांसाद विकास योजना सवै रोक्का भएको हो । ७७ मध्ये ६७ जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम रोक्का भएको हो ।

प्रदेश नं १ का १४, प्रदेश नं २ का ७, प्रदेश नं ३ का १३, प्रदेश नं ४ का १०, प्रदेश नं ५ का आठ, प्रदेश नं ६ का आठ र प्रदेश नं ७ का सात जिल्लाको रकम निकासा नभएको ८५ करोड रकम रोक्का भएको छ । व्यवस्थापिका–संसद् नरहेको अवस्थामा सांसदले गर्ने काम भूतपूर्व सांसदले गर्न नसक्ने ठहर गर्दै आयोगले सांसद विकास कोषका नाममा स्वीकृत सबै योजनाहरु रद्द गर्ने निर्णय गरेको हो ।

प्रकाशित : 31 October, 2017

प्रतिक्रिया दिनुहोस्