केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बर्दिबासमा फैलिएको डेंगु नियन्त्रणमा आउँदै

सहयात्रा टिभी

महोतरी । बर्दिया क्षेत्रमा फैलिएको डेंगुको संक्रमण विस्तारै नियन्त्रणमा आउन थालेको छ । स्वास्थ्य संस्थाहरुको सक्रियताका कारण डेंगुको संक्रमण नियन्त्रणमा आइरहेको जिल्ला स्वास्थ्य कार्यालय महोतरीले जनाएको छ ।

महोत्तरीको बर्दिवास नगरपालिकामा मात्र ६ सय ७३ जनामा डेंगु संक्रमण देखिएको छ । बर्दिबासबाट लगभग ७५ प्रतिशत डेंगु नियन्त्रण भइसकेको र बाँकी २५ प्रतिशत पनि चाँडै नियन्त्रणमा आउने जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले बताए ।

डेंगु भेटिएपछि डेंगु फैलाउने लामखुट्टे र त्यसको लार्भा मार्नको लागि प्रभावित क्षेत्रमा औषधि छर्नेदेखि विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको उनले बताए । सोमबारदेखि बिहीबारसम्म ४ दिन फगिङ्ग गरिएको र शुक्रबार आवश्यक ठाँउको पहिचान गरी फगिङ्ग हुने जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित : 17 November, 2017

प्रतिक्रिया दिनुहोस्