मसानघाटमा बिहे गरेर कीर्तिमान

सहयात्रा टिभी

बिवाह जीवनको सबैभन्दा महत्वपूर्ण पल हो । त्यसैले यो क्षणलाई मानिसहरु विशेष बनाउन चाहन्छन् । यसका लागि अनौठो तरिकाले बिहे गर्ने गर्छन् कतिपय जोडीहरु ।

भारतको गुजरातका एक जोडीले पनि यस्तै तरिकाले बिहे गरेर अनौठो कीर्तिमान कायम गरेका छन् । बेहुला घनश्याम र बेहुली पारुलले मसानघाटमा गएर बिहे गरेका छन् । आर्यघाटमा चितास्थलमा बालिएको अग्नीमा फेर लगाएर उनीहरुले विवाह गरेका छन् ।

भारतका चर्चित हिन्दू दार्शनिक मोरारी बापुको प्रवचनबाट प्रेरित यस दम्पत्तिले गुजरातस्थित मोरारीको पैतृक गाउँ तलगाजरडाको आर्यघाटलाई आफ्नो विवाहका लागि छनोट गरेको थियो । मोरारी बापुले मसानघाट अर्थात् आर्यघाटका विषयमा जनमानसमा रहेको भ्रम हट्नुपर्ने बताउँदै आएका छन् । मसानघाट अशुभ होइन, पवित्र स्थल हो । त्यसैले त्यहाँ जन्मदिन तथा विवाह समारोह समेतको आयोजना हुनुपर्छ भन्ने उनको तर्क रहँदै आएको छ । बापूको सोही भनाईलाई आत्मसात गर्दै घनश्याम र पारुलले मसानघाटमा गएर बिहे गरे । एजेन्सी

प्रकाशित : 29 November, 2017

प्रतिक्रिया दिनुहोस्