पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनम नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिएको छ । मूल्यबृद्धि फिर्ता भएसंगै यसअघिकै मूल्यमा पेट्रोलियम पदार्थको कारोबार गर्न सम्बन्धित पक्षलाई जानकारी गराईसकिएको निगमले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनलाई मध्यनजर गरी तत्काललाई मूल्य वृद्वि नगर्न आपूर्ति मन्त्री जयन्त चन्दलाई निर्देशन दिएपछि मन्त्री चन्दले सञ्चालक समितिबाट मूल्य वृद्वि फिर्ता लिन लगाएका हुन्।

निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ भाउ बढाएको थियो ।

प्रकाशित : 2 November, 2017

प्रतिक्रिया दिनुहोस्