पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टको ९० वर्षको उमेरमा शनिबार बिहान आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको छ । बिष्ट पञ्चायतकालमा तीनपटकसम्म प्रधानमन्त्री बनेका थिए । बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । बिष्ट वि.स. २०२५, २०३० र २०३४ साल गरेर तीनपटकसम्म प्रधानमन्त्री बनेका थिए । उनको जन्म वि.स. १९८३ साल माघ २ गते काठमाडौंमै भएको थियो ।
पञ्चायतकालका सक्रिय राजनीतिज्ञ बिष्ट २०४६ सालको जनआन्दोलनपछि निष्क्रिय जस्तै थिए । विष्ट पूर्व राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएका बेला मन्त्रिपरिषदको उपाध्यक्ष समेत थिए ।