शेरधनको गाडीमा विप्लवको बम

सहयात्रा टिभी

भोजपुर । वाम गठबन्धनतर्फका भोजपुर क्षेत्र नम्बर–२ का एमाले उम्मेद्वार शेरधन राई चढेको गाडीमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम प्रहार गरेका छन् ।

भोजपुरको ट्याम्केमैयु गाउँपालिका–७ को दलगाउँ र कोटको बीचको पिखुवाखोलमा १४–१५ जनाको समूहले गाडीमाथि बम हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।बम प्रहारबाट ल्याण्डरोभर गाडीमा क्षति भएको छ । उम्मेद्वार राई भने सकुशल छन् । अहिले त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । सुरक्षामा खटिएका प्रहरीले बम प्रहार गर्नेमाथि २१ राउण्ड गोली प्रहार गरेका छन् ।

प्रकाशित : 14 November, 2017

प्रतिक्रिया दिनुहोस्