राजगद्दी त्याग्दै जापानी सम्राट

सहयात्रा टिभी

जापान । जापानी सम्राट आकिहितोले अप्रिल २०१९ मा राजगद्दी त्याग्ने भएका छन् । सरकार र शाही परिवारबीचको छलफलपछि प्रधानमन्त्री सिन्जो अबेले यो मिति घोषणा गरेका हुन् ।

प्रधानमन्त्री अबेले ३० अप्रिल २०१९ मा सम्राटले गद्दी त्याग्ने बताए । त्यसपछि राजकुमार नारु हितोले गद्दी सम्हाल्ने छन् । ८३ वर्षीय जापानी सम्राटले गत वर्ष उमेर र स्वास्थ्यका कारण जिम्मेवारी पूरा गर्न कठिन भएको बताएका थिए । गद्दी त्यागबारे शुक्रबार छलफल भएको थियो ।

प्रकाशित : 1 December, 2017

प्रतिक्रिया दिनुहोस्