मंसिर २३ देखि नवौं मानवअधिकार राष्ट्रिय महाभेल

सहयात्रा टिभी

काठमाण्डौं । ६९ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा यही मंसिर २३ देखि २५ गतेसम्म नवौं मानवअधिकार राष्ट्रिय महाभेला आयोजना गरिने भएको छ ।

काठमाण्डौं डिल्ली बजारको नेपाल सांस्कृतिक संघमा हुने उक्त महाभेला ‘हाम्रो अधिकार, हाम्रो स्वतन्त्रता ः सधैंका लागि’ भन्ने अन्तर्राष्ट्रिय नारा तथा ‘समृद्धि र विकासको आधार ः युवा र महिलालाई समान अवसर’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ । महाभेला संयोजक लिली थापाले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मुलुकमा मानवअधिकारको अवस्था कस्तो छ, नयाँ संरचनाअनुसार आगामी दिनमा त्यसलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्नेबारे सहभागी संघ संस्थाका प्रतिनिधिबीच छलफल हुने बताइन् ।

उनले संविधानमा सबैका अधिकारलाई सुनिश्चित गरिए पनि युवा तथा महिलाको अधिकार कार्यान्वयन गर्ने सन्दर्भमा केही नियम नबनेको र केही राजनीतिक दलले लागू नगरेको जस्ता समस्या देखिएकाले सबै तहबाट सहयोगको अपेक्षा गरेको बताइन् । आठौं मानवअधिकार राष्ट्रिय महाभेलाका संयोजक एवं अधिकारकर्मी सुनी लामाले मुलुकमा परिवर्तन भएको राजनीतिक प्रणालीले समयसापेक्ष मानवअधिकारका क्षेत्रलाई सबै नागरिकको पहुँचमा पु¥याउन खोजे पनि केही प्राविधिक कारणले संविधानका यी प्रावधान प्रभावकारी कार्यान्वयन हुन नसकेकामा चिन्ता व्यक्त गरिन् ।

राष्ट्रिय मानवअधिकार आयोग र मानवअधिकार राष्ट्रिय महाभेला मूल आयोजक समितिले विगत आठ वर्षदेखि संयुक्त रुपमा आयोजनामा गर्दै आएको उक्त महाभेला यस वर्ष न्याय र लोकतन्तत्रका लागि समावेशी महिला सञ्जाल, संकल्प र युथ एडभोकेसी नेपालको संयोजकत्वमा हुन लागेको हो ।

प्रकाशित : 5 December, 2017

प्रतिक्रिया दिनुहोस्