शव बोकेरै मतदान गर्न केन्द्रमा मलामी

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न पुगेका छन् ।
हर्केडाँडाकी एक सय एक वर्षीया लिलाकुमारी गैरेको बिहीबार बिहान मृत्यु भएपछि मलामी शव बोकेर नै मतदान केन्द्रमा पुगेर मृतकका छोरा युद्धराज गैरेले बतासे मतदान केन्द्रमा मतदान गरेको स्थानीयले जानकारी दिएका छन् ।
उनीलगायत १६ जना मलामीले बतासे मतदान केन्द्रबाट मतदान गरेका छन् भने रिब्दिकोट छहरा गापा–५ मुजुङका विष्णु काफ्लेले मुजुङको बगैंचाबाट मतदान गरेका छन् । यसले निर्वाचन र आफ्नो दायित्वप्रति नागरिक सचेत समेत बन्दै गएको बुझ्न सकिन्छ ।