२७ लाख फिलिपिनी जनता भोकमरी व्यहोर्न वाध्य

सहयात्रा टिभी

फिलिपिन्स । फिलिपिन्समा करीब २७ लाख फिलिपिनी परिवार अर्थात् ११.८ प्रतिशत जनसंख्याले भोकमरीको समस्या झेल्न वाध्य रहेको एक अध्ययन प्रतिवेदनमा जनाइएको छ ।

सर्भेक्षण कम्पनी ‘सोसल वेदर स्टेसन’ (एसडब्लयुएस) ले सेप्टेम्बर २३ देखि सेप्टेम्बर २७ सम्म राष्ट्रका सम्पूर्ण भागलाई समेटेर एक हजार ५ सय जना वयस्क नागरिकमा गरिएको सर्भेक्षणमा यस अघिका तीन महिनामा गरिएको अध्ययन सर्भेक्षण तथ्याङ्क ९.५ मा २.३ प्रतिशत वृद्धि भएको बताइएको छ ।

दुई महिना सार्वजनिक गरिएको तथ्याङ्कमा करीब २२ लाख मानिस भोकमरी झेल्न बाध्य रहेका बताइएको थियो । पछिल्लो तथ्याङ्कले फिलिपिन्सका जनतामा भोकमरीको समस्या बढ्दो रहेको खिएको छ । यही बर्षको डिसेम्बर २ मा सार्वजनिक गरिएको एसडब्लुएसको सर्भेक्षणमा ४७ प्रतिशत फिलिपिनी जनताले आफूलाई गरीब भन्न रुचाएको सार्वजनिक भएको थियो ।

प्रकाशित : 8 December, 2017

प्रतिक्रिया दिनुहोस्