सुनसरी-३ मा गच्छदार अगाडि

सहयात्रा टिभी

इनरुवा । सुनसरी क्षेत्र नं ३ को मतगणनामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विजयकुमार गच्छदार अगाडि भएका छन् ।

मतगणना शुरु भएदेखि पछाडि रहँदै आएका गच्छदार आज अगाडि भएका हुन् । आज बिहान ६ बजे सार्वजनिक भएको पछिल्लो मत परिणामअनुसार गच्छदार ५१९ मतले अगाडि छन् । पछिल्लो मत परिणामअनुसार कांग्रेसका उम्मेद्वार गच्छदारले ३६ हजार ८० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेद्वार भगवती चौधरीले ३५ हजार ५६१ मत प्राप्त गरेका छन् ।

सो क्षेत्रमा ८५ हजार १९७ मत खसेकोमा ७८ हजार ३९१ मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुनसरीले जनाएको छ । अब त्यो क्षेत्रमा जम्मा छ हजार ८०६ मत गणना गर्न बाँकी रहेको छ ।

प्रकाशित : 13 December, 2017

प्रतिक्रिया दिनुहोस्