देश नयाँ युगमा प्रवेश-श्रेष्ठ

सहयात्रा टिभी

काठमाण्डौं । नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले निर्वाचनपछि मुलुक नयाँ युगमा प्रवेश गरेको बताएका छन् । काठमाण्डौं निर्वाचन क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उनले आज नैकाप तथा त्यस आसपास क्षेत्रका स्थानीयसँग विकास निर्माणको छलफल कार्यक्रममा मुलुकमा वाम गठबन्धनको सरकार निर्माण भई देश विकासका कार्यले तीव्रता पाउने बताए ।

देशमा लामो समयदेखि कायम रहेको संक्रमणकालीन अवस्था अन्त्य हुने विचार व्यक्त गर्दै उहाँले वाम गठबन्धनको सरकारले देश र जनतालाई समृद्ध बनाउन भौतिक पूर्वाधार, यातायात, पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए ।

जनताले निर्वाचनमार्फत प्रकट गरेको नयाँ जनादेशबाट उनीहरुले परिवर्तन चाहेको बताउँदै वाम गठबन्धनप्रति उनीहरुको ठूलो विश्वास रहेकाले उनीहरुले परिवर्तनको अनुभव हुने गरी कार्य गर्नुपर्ने बताए । नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा रहेर रचनात्मक सहयोग गर्नुपर्ने बताउँदै आफूहरुले कांग्रेसलाई साथमा लिएर राष्ट्र निर्माणमा अगाडि बढ्ने प्रष्ट पारेका छन् ।

प्रकाशित : 14 December, 2017

प्रतिक्रिया दिनुहोस्