राष्ट्रपति र एमाले अध्यक्ष ओलीवीच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीविच आज भेटबार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा गठन नभएसम्म सरकार नछाडने घोषणा गरेको भोलिपल्टै ओली र राष्ट्रपतिविच भेटबार्ता भएको हो ।

शीतल निवासमा जानु अघि ओलीले दिउँसो माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए । भेटमा चुनावी परिणाम, नयाँ सरकार गठन र राष्ट्रिय सभा सम्बन्धी अध्यादेशको बिषयमा छलफल भएको छ ।

प्रकाशित : 15 December, 2017

प्रतिक्रिया दिनुहोस्