केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मोरङका निजी अस्पतालमा शैंयाको मनपरी शुल्क

सहयात्रा टिभी

मोरङ । मोरङमा सञ्चालित ठूला निजी अस्पतालले बिरामीबाट मनोमानी रूपमा बेडचार्ज शुल्क असुल्ने गरेका छन् । नियमनकारी निकायले पर्याप्त चासो नदिंदा मोरङको विराटनगरमा सञ्चालित निजी अस्पतालले बिरामीबाट मनोमानी रूपमा शैंया शुुल्क लिने गरेको सेवाग्राही सुभाष कामतले गुनासो गरे ।

मोरङको नाम चलेको अस्पताल न्यूरो अस्पतालका अनुसार सामान्य शैंयामा एक दिन बिरामी राखेको ८ सयदेखि दुई हजारसम्म शुःल्क लिने गरेको छ । सो अस्पतालले सामान्य क्याबिनको तीन हजार, डिलक्सको चार हजार र आइसियुको दैनिक छ हजार शैंया शुल्क लिने गरेको छ । त्यस्तै, विराट नर्सिङ होमका अनुसार सामान्य बेड शुल्क एक हजार २५०, डिलक्स दुई हजार ७७५ र सुपर डिलक्सको नाममा तीन हजार ८८० प्रतिदिन शैंया शुल्क लिने गरेको छ । त्यस्तै, आइसियुको छ हजार शुल्क लिने गरेको छ ।

ग्रिनक्रस अस्पतालका अनुसार सामान्य शैंयाको एक हजार ५० देखि दुई हजार ५०० सम्म शुल्क लिने गरेको छ । सो अस्पतालले आइसियुमा सात हजार शुल्क लिने गरेको छ । त्यस्तै, लाइफगार्ड अस्पतालले सामान्य बेड शुल्क एक हजार, डिलक्स तीन हजार र आइसियुमा छ हजार बेड शुल्क लिने गरेको छ । नोबेल अस्पतालका नारायण दाहालका अनुसार सामान्य शैंयाको ३५० देखि एक हजार, आइसियु तीन हजार ५०० र एनआइसियुको चार हजार ५०० लिने गरेको छ । निजी अस्पतालले लिएको महँगो शुल्कले सर्वसाधारण हैरान छन् । विराटनगरका कुलदीप शर्माले भने–‘अस्पताल खोल्ने र सेवा दिने भन्ने, तर पैसा चाँहि ढाडै भाँच्ने गरी लिने, अनि कसरी सेवा भयो त ?’

सो अस्पतालले सामान्य शैंयाको ३५०, क्याबिनमा सिङ्गल एक हजार र डबल ७५० लिने गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङका स्वास्थ्य संस्था निरीक्षक बृजेश यादवका अनुसार निजी अस्पतालले लिने शुल्क पटक–पटक समायोजन गर्न आग्रह गरे पनि कार्यान्वयनमा चासो नदिएको बताए ।

प्रकाशित : 21 December, 2017

प्रतिक्रिया दिनुहोस्