केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धान उत्पादनमा वृद्धि

सहयात्रा टिभी

बारा । यस वर्ष बारामा धान उत्पादनमा वृद्धि भएको छ । समयमै पटक पटक पानी परेका कारण धान उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले बताए ।

साउनको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण बाढीले धानखेतीमा केही क्षति पु¥याए पनि उत्पादनमा कमी नआएको साहले बताए । आव २०७४–७५ मा कृषकले करीब ४१ हजार हेक्टरमा सोना मन्सुली, सावित्री, स्वर्णसव–१ सावा, मन्सुली र राधा–११ जातको अगहनी धानखेती गरेका थिए ।

सो क्षेत्रफलमा कूल एक लाख ८४ हजार ५०० मेट्रिक टन धान उत्पादन भएको छ । उत्पादित धान कलैया बजारमा प्रतिक्विन्टल दुई हजार ४०० देखि दुई हजार ५०० मूल्यमा बिक्री भइरहेको छ । कूल चार अर्ब ६१ करोड २५ लाख बराबरको एक लाख ८४ हजार ५०० मेट्रिक टन अगहनी धान उत्पादन भएको छ । गत आवमा कूल ४१ हजार १३१ हेक्टर क्षेत्रमा विभिन्न जातको अगहनी धानखेती गरिएको थियो । दुई अर्ब ७३ करोड ५१ लाख ८७ हजार बराबरको एक लाख ३० हजार २४७ मेट्रिक टन अगहनी धान उत्पादन भएको कार्यालयले जनाएको छ ।

प्रकाशित : 21 December, 2017

प्रतिक्रिया दिनुहोस्