लिवियाली प्रधानमन्त्रीद्वारा विश्व समुदायलाई राष्ट्रसंघको निर्णयमा अडिग रहन आग्रह

लिविया । लिवियाली प्रधानमन्त्री फाएज सेराजले सन् २०१५ मा राष्ट्रसंघबाट मान्यताप्राप्त आफ्नो सरकारलाई सघाउन विश्व समुदायलाई अनुरोध गरेका छन् ।
त्रिपोलीमा इटालीका विदेशमन्त्री पाओलो जेन्टिलोनीसँगको भेटपछि जारी एक विज्ञप्तिमा सेराजले लिवियामा व्याप्त राजनीतिक संकटलाई अन्त्य गर्न विश्व समुदायले राष्ट्रसंघद्वारा मान्यता प्राप्त सरकारको पक्षमा अडान राख्नुपर्ने बताए । फ्रान्सका विदेशमन्त्री जाँ येस लेड्रेनले लिवियाली प्रधानमन्त्री सेराज र शक्तिशाली सैनिक अधिकारी खालिफा हिटलरलाई भेटेको केही दिनमा इटालीका विदेशमन्त्रीसँगको भेटमा उक्त आग्रह गरेका छन् ।
लिवियामा सन् २०११ मा जनआन्दोलनको वलमा लामो समयदेखि सत्ता सम्हालेका पूर्व राष्ट्रपति मोहमर कद्दाफीलाई पदबाट हटाइएपछि लडाकू र दुई परस्पर विरोधी सरकारबीच विभाजित बनेको छ ।