गृह मन्त्रालय पाए ५० प्रतिशत अपराध घटाउँछुः पण्डित

सहयात्रा टिभी

भक्तपुर । एमालेका नेता एवं पुर्वमन्त्री लालबाबु पण्डितले आफूले गृह मन्त्रालयको जिम्मेवारी पाए हाल भएका मध्ये ५० प्रतिशत अपराध न्यूनिकरण गर्ने दाबी  गर्नु भएको छ ।

आज एक  साक्षात्कारमा बोल्दै नेता पण्डितले  अपराध न्यूनिकरणको उपाय आफूसँग भएको र त्यहि कार्यनीति र रणनीतिका साथ अघि बढे अपराध न्यूनिकरण गर्न सकिने दावी गर्नु भएको हो ।

हरेक मन्त्रीले पाएको जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्न सके देशले १० बर्षमै बिकासको फड्को मार्न सक्ने उहाको भनाई थियो ।

उहाँले प्रदेश राजधानी बनाउनु भन्दा पहिला ब्यापक छलफल गरेर मात्र कामलाई अघि बढाए त्यसको सकारात्मक प्रभाव भोलीकोे पिढीले अनुभुत गर्ने  बताउनु भयो ।

वाम गठबन्धनको एकिकरण पदको कारणले नभएर दुवै पार्टीको नेतृत्वको सहमति अनुसार सबै पद बाँडफाँड पश्चात पार्टी एकिकरण हुने भन्दै  उहाँले माघ ७ गतेभित्रै नयाँ सरकार गठन हुने र त्यसको नेतृत्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताउनु भयो ।

प्रकाशित : 29 December, 2017

प्रतिक्रिया दिनुहोस्