केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनसरी–३ नम्वर क्षेत्रको मतपत्र पेश गर्न सर्वोच्चको आदेश

सहयात्रा टिभी

काठमाडौं । सर्वोच्च अदालतले सुनसरी–३ को प्रतिनिधिसभा सदस्य चुनावमा विजयी नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले जितेको क्षेत्रको मतपेटिका मतपत्रसहित सम्पूर्ण कागजात पेश गर्न आदेश दिएको छ । शुक्रबार प्रधानन्यायाधीश गोपाल पराजुलीसहित दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले सो क्षेत्रको मतपत्रसहित अरु कागजात ल्याउन आदेश दिएको हो । वाम गठबन्धनकी उम्मेदवार भगवती चौधरीले दायर गरेको रिट निवेदनमाथि शुक्रबार संवैधानिक इजलासले सुनुवाई गर्दै मतपत्र, मतपेटिका र अरु कागजता पेश गर्न आदेश दिएको हो ।

सुनसरी–३ मा चौधरीलाई तीन सय २१ मतले पराजित गर्दै नेपाली कांग्रेस उम्मेदवार विजयकुमार गच्छदार विजयी हुनुभएको थियो । गच्छादारले निर्वाचन आयोग र प्रशासनको मिलोमतोमा आफूलाई धाँधली पूर्ण तरिकाले हराएको भन्दै चौधरीले मंगलबार सर्वोच्च अदालतमा पुनः गणनाको माग गर्दै रिट निवेदन दिनुभएको थियो ।

चुनावसम्बन्धी मुद्दा संवैधानिक इजलाशले सुनुवाई गर्ने संवैधानिक व्यवस्था छ । सर्वोच्चले निर्वा्चित हुनुभएका विजय गच्छदारको शपथग्रहण रोक्ने कि नरोक्ने भन्नेबारे छलफल गर्न यही पुस २१ गते दुवै पक्षलाई बोलाएको छ ।

गएको मंसिर २१ गते भएको दोस्रो चरणको चुनावमा गच्छदारले ३८ हजार ९ सय ७२ र चौधरीले ३८ हजार ६ सय ५१ मत पाउनुभएको छ । एक लाख ९ हजार ९ सय १७ मतदाता रहेको सुनसरी–३ मा ८५ हजारभन्दा बढी मत खसेको थियो । त्यस क्षेत्रमा एक सय २५ वटा मतपेटिका थिए । मतगणनाका क्रममा सुनसरी–३ मा विवाद भएको थियो ।

यसअघि स्थानीय तहको चुनावका क्रममा भतरपुर महानगरपालिकाको मगणनाका विषयमा परेको मुद्दाको सुनुवाई हुँदा पनि सर्वोच्चले मतपत्र झिकाएको थियो ।

प्रकाशित : 29 December, 2017

प्रतिक्रिया दिनुहोस्