केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दलहरुले नियम मिचेर नाम पठाउँदा समानुपातिकतर्फका सांसद छान्न ढिलाई, नाम सच्याउन समय दिने आयोगको तयारी

सहयात्रा टिभी

काठमाडौं । दलहरुले प्रदेशसभामा समानुपातिकतर्फबाट सांसद बन्नेहरुको नाम पठाउँन नियम मिचेर पठाएकाले विजयी घोषणा गर्न समय लाग्ने आयोगले बताएको छ । दलहरुले पठाएको नामावलीमा केही दलले बन्दसूची भित्रबाट नाम छान्दा क्रम संख्या र नियम मिचेको पाइएपछि निर्वाचन आयोगले दललाई नाम सच्याउन समय दिने तयारी गरेको छ ।

आयोगमा दलहरुले पठाएका प्रतिनिधि समानुपातिक, समावेशी तथा क्रम अनुसार भए नभएको छानबिन गर्दा केही दलले क्रम संख्या र नियम मिचेको पाइएपछि त्यसको लागि छलफल भैरहेको आयोगले जनाएको छ ।

प्रकाशित : 31 December, 2017

प्रतिक्रिया दिनुहोस्