केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजबाट विधिपूर्वक स्वस्थानी ब्रत सुरु

सहयात्रा टिभी

काठमाडौं । आजदेखि स्वस्थानी व्रत कथा सुरु भएको छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत बस्ने गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ ।

आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि विछोडमा परेका नाग–नागिनीको समेत पुनः मिलन भएको कथामा उल्लेख छ ।

आजदेखि एक महिनासम्म साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्ने गर्दछ ।

प्रकाशित : 1 January, 2018

प्रतिक्रिया दिनुहोस्