केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज टोपी दिवस मनाईंदै

सहयात्रा टिभी

काठमाडौं ।  ‘नेपाली टोपी, नेपालीको शान, मान र पहिचान’ भन्ने नाराका साथ आज अन्तर्रा्ष्ट्रिय नेपाली टोपी दिवस  मनाईंदै छ । हरेक वर्ष जनवरी १ मा अन्तर्रा्ष्ट्रिय नेपाली टोपी दिवस मनाउने गरिएको हो ।

विहानै माइतिघर मण्डलाबाट  जागरुक युवा अभियानले नेपाली टोपीसहित र्‍याली निकालेको थियो । त्यस्तै पोखरामा कपडा व्यवसायी संघले पनि निःशुल्क रुपमा ढाका टोपी वितरण गरी दिवस मनाएको छ ।

स्वदेशी उत्पादनको प्रबर्द्धन र नेपाली पहिचानको सम्मानका लागि टोपी जनवरी १ कै दिन टोपी दिवस मनाउन थालिएको हो । शताब्दीऔं देखि प्रयोग भै रहेका बिभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र बिश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर अन्तर्रा्ष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको छ ।

यद्यपी नेपालमा भने सन् २००८ देखि मनाउन थालिएको हो ।

 

प्रकाशित : 1 January, 2018

प्रतिक्रिया दिनुहोस्