केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संख्या घटाएर १३ वटा समिति राख्न प्रस्ताव

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रियसभामा तथा प्रतिनिधिसभा विषयगत र विशेष गरी यसअघिको व्यवस्थापिका संसदमा १५ वटा समिति रहेकोमा हाल भने १३ वटा समिति प्रस्ताव गरिएको छ । संघीय संसद् सचिवालयले संसद्को प्रारम्भिक नियमावली मस्यौदा तयार गर्ने क्रममा समितिको संख्या पहिले भन्दा घटाएर प्रस्ताव गरेको हो ।

प्रतिनिधिसभाको संख्या घटेको र प्रदेशसभामा पनि समितिहरू रहने भएकाले समितिको संख्या घटाउने प्रस्ताव गरिएको हो । प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सदस्य रहनेछन् । यसअघि ६०१ सदस्य रहेको व्यवस्थापिका संसद्मा १२ विषयगत समिति र ३ विशेष समिति थिए । प्रस्तावित नियमावली मस्यौदामा प्रतिनिधिसभातर्फ विषयगत ७ र विशेष समिति ३ गरी १० वटा समिति राख्ने प्रस्ताव गरिएको छ । राष्ट्रियसभामा भने ३ समिति राख्ने प्रस्ताव गरिएको छ ।

प्रतिनिधिसभाका समितिमा यसअघिका विषयगत समितिहरू सार्वजनिक लेखा समिति, राज्य व्यवस्था समिति र अर्थ समितिका नाम परिवर्तन नगर्ने र बाँकी समितिमा नयाँ नामकरण गर्ने प्रस्ताव गरिएको छ । नियमावली मस्यौदा समितिले मस्यौदा तयार गरी सदनमा प्रस्तुत गरेर सदनले स्वीकृत गरेपछि मात्रै कार्यान्वयनमा आउनेछ ।

प्रकाशित : 2 January, 2018

प्रतिक्रिया दिनुहोस्