केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाली कांग्रेससहित ६ दलले निर्वाचन कानूनबिपरित प्रदेश सांसदमा नाम पठाएकोले पुन: सच्चयाएर पठाउन आयोगको पत्राचार

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन कानूनबिपरित समानुपातिकतर्फ नेपाली कांग्रेससहित ६ वटा दलले प्रदेश सांसद सिफारिश गरेको पाइएपछि निर्वाचन आयोगले राजनीतिक दलहरुलाई नामावली सच्याउन पत्राचार गरेको छ । आयोगले ६ राजनीतिक दललाई प्रदेशसभाको समानुपातिकतर्फ निर्वा्चित गर्न प्रस्तावित नामावली सच्याउन पत्राचार गरेको हो ।

आयोगले ७ वटै प्रदेशसभाको समानुपातिकतर्फको २२० सिटको परिणाम पुस ७ गते घोषणा गरेको थियो । आयोगले मागेको सूचीमा ती दलहरुले कानूनबिपरित नाम पठाएकाले नामावली सच्याएर पठाउन पत्राचार गर्ने निर्णय भएको जनाएको छ । आयोगको सोमबार बसेको बैठकले नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कानुनअनुसार सूची मिलाएर पठाउन पत्राचार  गरेको छ ।

६ दलहरुले पठाएको नामावलीमा समावेशी समूह नमिलेको, क्रम मिचिएको, महिलाको अनुपात नमिलाइएको कारण कानूनअनुसार क्रमसँख्या मिलाएर पठाउन आयोगले भनेको हो । आयोगले त्रुटि सच्याउन तीन दिनको समय दिएको छ ।

प्रकाशित : 2 January, 2018

प्रतिक्रिया दिनुहोस्