केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पार्टी एकता चाँडो टुग्याउन माओवादी नेता कार्यकर्ताको नेतृत्वलाई दबाब

सहयात्रा टिभी

काठमाडौँ । नेमाओवादीका नेता कार्यकर्ताले नेकपा माओवादी केन्द्रको नेतृत्वलाई चाँडोभन्दा चाँडो पार्टी एकतामा समाहित हुन दबाब दिएका छन् । अहिलेको आवश्यकता भनेको मुलुकको लागि हितकर रहेको र कुनै पनि नेतााको ब्यक्तिगत स्वार्थका कारण पार्टी एकता भाँड्ने षड्यन्त्र भइरहेको भन्दै नेतृत्वलाई नेता कार्यकर्ताले सचेत दवाव दिईरहेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याउन प्रभावकारी पहल गर्ने निर्णय गरेको जनाइएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकता र सरकार गठनलगायतका विषयमा छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

प्रकाशित : 3 January, 2018

प्रतिक्रिया दिनुहोस्