सभापतिमा मेरो दाबी छ : डा. शेखर कोइराला
सहयात्रा टिभी
काठमाडौ । कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको सभापतिमा आफ्नो दाबी रहेको बताउनु भएको छ । बुधबार प्रेस युनियन मोरङमा आयोजित कार्यक्रममा उहाले सभापतिको दाबी गर्नु भएको हो ।
पार्टीको नेतृत्व सम्हाल्न आफू लायक भएकाले पार्टीको जिम्मेवारी लिएर अगाडि बढ्न आफू तयार रहेको बताउनु भयो । वाम गठबन्धन अग्रसर भएमा मुलुक धरापमा पर्ने नेता कोइरालाको भनाइ थियो ।
उहाले चुनावमा कांग्रेसको पराजय, संघीय संरचनामा पार्टीको भूमिका र पार्टीको नयाँ नेतृत्वको लागि केन्द्रीय समितिको बैठक बसेर महाधिवेशनको टुंगो लगाउनु पर्नेमा जोड दिनु भयो ।