एमाले – माओवादी बैठकले ग¥यो : प्रदेश सरकार गठनको गृहकार्य गर्न कार्यदल गठन
काठमाडौ ।एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले राष्ट्रियसभा र प्रदेश सरकार गठनबारे गृहकार्य गर्न कार्यदल समिति बनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा मंगलबार बसेको बैठकले समिति गठन गरेको हो । प्रदेश र प्रतिनिधिसभा चुनावपछि एमाले र माओवादीको एकता संयोजन समितिको बैठक बस्न सकेका थिएन ।
बैठकले प्रदेश सरकार, राष्ट्रियसभा गठनमा गृहकार्य गर्न ६ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे र माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव छन् ।
बैठकमा पार्टीको बैचारिक, राजनीतिक र संगठनबारे गृहकार्य गर्न कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको छ ।
एमाले र माओवादीको बैठकले निर्वाचित जनप्रतिनिधिलाई सत्ता हस्तान्तरणका लागि आवश्यक न्यूनतम संवैधानिक र कानुनी प्रक्रिया पुरा गर्ने र दैनिक कार्यसञ्चालन बाहेक अन्य निर्णय नगर्न सरकारलाई आग्राह गरेको छ ।
बैठकले पार्टी एकतामा कुनै विवाद र बिमति नरहेको भन्दै छिट्टै पार्टी एकता प्रक्रिया टुङ्गाउने निष्कर्ष निकालेको छ । साथै एकताको पक्षमा कुनै आशंका नगर्न आफ्नै पार्टीका नेताहरूलाई आग्रह गरेका छन् ।