केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदल समितिको बैठक जारी

सहयात्रा टिभी

काठमाडौ । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदल समितिको छलफल ओली निवास बालकोटमा चलिरहेको छ ।
सरकार निर्माण, प्रदेश सांसद र राष्ट्रिय सभाको विषयमा केन्द्रीत रहेर दुई पार्टीका शीर्ष नेता तथा संयुक्त कार्यदल सदस्यहरु छलफल भईरहेको एक नेता बताए ।
एकता संयोजन समितिको बैठक मंगलबार साँझ पनि बालकोटमा बसेको थियो ।

उपसमितिमा एमालेका तर्फबाट नेता सुवास नेम्वाङ, शंकर पोख्रेल, सुरेन्द्र पाण्डे रहेका छन् भने माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव रहेका छन् ।
एमाले अध्यक्ष केपी ओली आज दिउँसो १२ वजे स्वास्थ्य उपचारका लागि बैंकक जाने कार्यतालिका रहेको छ ।

प्रकाशित : 10 January, 2018

प्रतिक्रिया दिनुहोस्