धनकुटा छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा
सहयात्रा टिभी
काठमाडौं । पुस–२८ सरकारले धनकुटाछिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो ।
कात्र्तिक २७ गते ०३६ मा धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बाहनामा प्रहरीले गोली चलाउँदा १६ जनाको हत्या भएको थियो ।