डिसहोमको “रमाइलो टिभि” र “एक्सन स्पोर्टस्” नयाँ च्यानल प्रारम्भ

काठमाडौ । पुस–२८ डिसहोमले आफ्नो ग्राहकहरुको लागि थप मनोरञ्जन दिन नयाँ च्यानल प्रसारण सेवा प्रारम्भ गरेको छ । आज डिसहोमले काठमाडौमा एक कार्यक्रम आयोजना गरी “रमाइलो टिभि” र “एक्सन स्पोर्टस्” च्यानलको प्रारम्भ गरेको हो । खेलकुद प्रति समर्पित च्यानल मार्फत देशको कुनै पनि कुनामा संचालन हुने खेल प्रतियोगिताहरु ,देशभर छरिएर रहेका खेलप्रेमीहरुले प्रत्यक्ष रुपमा हेर्न पाउने सुविधा भएकाले समग्र नेपाली खेलकुदकै विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षाका साथ डिसहोमले नयाँ च्यानल प्रारम्भ गरेको हो ।
डिसहोमले आफ्नै नयाँ च्यानलहरू निरन्तर थप्दै जाने र कम्तीमा १५ देखि २० वटासम्म आफ्नै च्यानलहरू बनाउने लक्ष्य रहेको पनि कम्पनिले जनाएको छ ।
डिशहोमको च्यानल नं १०४ मा प्रशारण भईरहेको रमाइलो टिभिमा नयाँ नेपाली हाँस्य श्रृंखला, नेपालीमा अनुवाद गरिएका चर्चित हिन्दी श्रृंखला, धार्मिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण भइरहेको छ । साथै च्यानल नं १०५ मा प्रशारण हुने नेपालकै पहिलो स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्समा नेपालभर हुने फुटबल, क्रिकेट लगायतका बिभिन्न खेलहरुको प्रत्यक्ष प्रशारण, बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु तथा खेलकुद सम्बन्धि बिभिन्न कार्यक्रमहरु प्रशारण भइरहेको छ ।
हरेक हप्ता शुक्रबार र शनिबार नियमित एक्सन स्पोर्ट्स च्यानल नं. १०५ मा बेलुकी ८ बजेबाट रिंग रेस्लिङ्ग प्रशारण र हाल धनगढीमा भइरहेको खप्तड गोल्डकपको हरेक खेलको प्रत्यक्ष प्रशारण पनि हेर्न सकिने डिसहोमले जनाएको छ । डिसहोमले यी नयाँ च्यानलहरूसँगै नेपाली चलचित्रहरू रिलिज भएकै दिनमा घरमै बसेर हेर्न मिल्ने ‘डिसहोम सिनेमाघर’ नाम गरेको सेवा पनि सुरु गरेको छ । यस सेवाअन्तर्गत डिसहोमले धुम–२ र लिला चलचित्र रिलिज भएकै दिन सफलतापूर्वक प्रसारण गरिसकेको छ ।
ग्राहकहरुले आफ्नो नियमित प्याकेज रिचार्ज गरी १ महिनामा ६ सय बराबरका ३० वटा सिनेमाहरु निःशुल्क हेर्न सक्नेछन् । साथै ग्राहकहरूले ५ हजार ९ सय ९९ पर्ने डिसहोमको हाईब्रिड एचडी कनेक्सन खरिद गर्दा ३ हजार छुट प्राप्त गरी २ हजार ९ सय ९९ मै जोड्न सक्नुहुनेछ ।