अवको प्रधानमन्त्री टुङ्गो लागे सरकार छोड्छु : प्रधानमन्त्री देउवा

सहयात्रा टिभी

काठमाडौ । पुस –३० प्रधानमन्त्री शेरबहादुर देउवाले अबको प्रधानमन्त्री को हुने भन्ने टुंगो लागे आफू सरकार छोड्न तयार रहेको बताउनु भएको छ ।

कैलालीको गोदावरीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले वाम गठबन्धनका कुनै दलको बहुमत नआएको र दुबै दलले अबको प्रधानमन्त्री को हो भन्ने टुंगो नलगाएकाले आफूले सरकार नछोडेको जिकिर गर्नुभयो । प्रधानमन्त्री देवाले भन्नुभयो एकातिर प्रतिनिधि सभाले पूर्णता पाएको छैन, अर्कातिर अबको प्रधानमन्त्री को हो टुंगो छैन, मैले कसलाई छोडेर जाने ?

प्रधानमन्त्री देउवा आजै काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रकाशित : 14 January, 2018

प्रतिक्रिया दिनुहोस्