देउवाकै कारण पार्टी इतिहासकै कमजोर अवस्थामा पुगेको तीन प्रभावशाली नेताहरुको निष्कर्ष:

सहयात्रा टिभी

काठमाडौ । पुस–३० चुनावमा पराजय भोगेपछि कांग्रेसभित्र विवाद बढिरहेको वेला तीन प्रभावशाली नेताहरु गोप्य छलफलमा जुटेका छन् ।
‘गोप्य’ बैठकले सभापति शेरबहादुर देउवाकै कारण पार्टी इतिहासकै कमजोर अवस्थामा पुगेको निष्कर्ष निकालेको छ ।
नेताहरु रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला र अर्जुन नरसिंह केसीबीच आइतबार राजधानीको महाराजगञ्जमा गोप्य बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

अब पनि चुप लागेर बसिरहे पार्टी गम्भीर संकटमा पर्ने भन्दै पार्टीलाई बचाउन एक भएर अघि बढ्ने तीन नेताबीच समझदारी भएको स्रोतले जनाएको छ । गत मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा काँग्रेसले हार बेहोरेपछि देउवाले विशेष महाधिवेशन बोलाउनुपर्ने तथा राजीनामा दिनुपर्नेसम्मको माग कांग्रेसभित्र जोडतोडका साथ उठिरहेको छ ।

प्रकाशित : 14 January, 2018

प्रतिक्रिया दिनुहोस्