केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शितलहरबाट प्रभावित परिवारसँग दुख साट्दै अखिल क्रान्तिकारी

सहयात्रा टिभी

सप्तरी । माघ–२ माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शितलहरबाट प्रभावित दुईसय परिवालाईा राहत स्वरुप न्यानो लत्ता कपडा वितरण गरेको छ ।

 

 

 

राजविराज नगरपालिकाको वडा नंं १३ का विषहरिया टोलमा १ सय ५० परिवार र तिरहुत गांउपालिकाको लोहजारा टोलका थप १ सय ५० परिवारलाई गरी तीन सय परिवारलाई राहत स्वरुप न्यानो लत्ताकपडा वितरण गरेको क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले जानकारी दिए । चिसोबाट प्रभावित प्रत्येक परिवारलाई एकएक ब्लाङ्कट र एकएक ज्याकेट वितरण गरेका थिए ।

अध्यक्ष तामाङले भने “हामी शितलहरले आक्रान्त परिवारको दुख साट्न र सरकारलाई घच्घच्याउन यहाँ आएका हौं, संगाठनिक रुपमा सरकारको ध्यानाकर्षण गर्नेछौ।” केही सातादेखि शितलहरबाट तराईको जनजीवन कष्ठकर बनिरहेको छ ।

प्रकाशित : 16 January, 2018

प्रतिक्रिया दिनुहोस्