केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रदेशप्रमुख नियुक्ति भए समानुपातिकको अन्तिम मतपरिणाम आजै सार्वजनिक गर्ने

सहयात्रा टिभी

काठमाण्डौँ , माघ ३, प्रदेश सभातर्फ समानुपातिकको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रबक्ता नबराज ढकालका अनुसार आयोगले समानुपातिक तर्फको सिट बाँडबाँट गरी आवश्यक सबै प्रक्रिया सकिएकाले अन्तिम परिणाम सार्वजनिक गर्न लागेको हो ।

 

 

 

सरकारले आज प्रदेश प्रमुख नियुक्त गर्न सकेको खण्डमा आजै साँझसम्म आयोगले निर्वाचनले अन्तिम परिणाम सार्वजनिक गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।कानुनी प्रावधान अनुसार निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको सात दिन भित्र प्रदेश प्रमुखसंग सपथ लिनुपर्ने व्यवस्था छ । हालसम्म प्रदेश प्रमुख नियुक्ति हुन नसक्दा आयोगले प्रदेशसभाअन्तर्गत समानुपातिक अन्तिम परिणाम सार्बजनिक भएको भएता पनि कानुनी बाध्यताका बीच अन्तिम औपचारिक नतिजा सार्वजनिक गर्न ढिलाई गरेको हो ।

प्रकाशित : 17 January, 2018

प्रतिक्रिया दिनुहोस्