मन्त्रिपरिषदको बैठक बालुवटारमा बस्दै, काँग्रेसबाट अनुराधा कोइराला सहित ५ प्रदेश प्रमुख शिफारिश

सहयात्रा टिभी

काठमाडौ । माघ–३ प्रदेशप्रमुख नियुक्तिको विषमा टुङगो लगाउन आज मन्त्रिीपरिषदको बैठक बस्दै छ ।
। बैठकले मधेसवादी दुई संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र कांग्रेसको भागबन्डामा सात प्रदेशमा प्रमुख नियुक्त गर्नेछन् । यसबारेमा निर्णय गर्न केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै छ।

स्रोतका अनुसार प्रदेश २ र ५ मा मधेसवादी दलको सिफारिशमा प्रदेश प्रमुख नियुक्त हुनेछन्।

कांग्रेसले बाँकी ५ प्रदेशमा प्रमुख बनाउने भएको छ ।

स्रोतका अनुसार प्रदेश १ मा गोविन्द सुब्बा, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ६ मा दुर्गाकेशर खनाल र प्रदेश सातमा मोहनराज मल्ललाई प्रदेश प्रमुखमा नियुक्त गर्ने प्रधानमन्त्री देउवाको तयारी छ।

‘यी नाममा केही तलमाथि हुन पनि सक्छ,’ स्रोतले भन्यो ।

त्यस्तै आजको बैठकले प्रदेश सभाको पहिलो बैठक बस्ने अस्थायी मुकाम पनि तोक्ने छ।

 

 

प्रकाशित : 17 January, 2018

प्रतिक्रिया दिनुहोस्