केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजधानीको माग गर्दै बीरगंजमा प्रदर्शन

सहयात्रा टिभी

काठमाण्डौ,माघ ४ । मन्त्रिपरिषद्ले अस्थाइ राजधानी घोषणा गरेपछि भएका कतिपय राजधानी भएका शहरमा खुशीयाली छाएको छ भने कतिपय स्थानमा प्रदर्शनहरु सुरु भएका छन् । नेपालको सुख्खा बन्दरगाह भनेर चिनिने बीरगंजमा पनि राजधानी जनकपुर हुने भएपछि बिहिबार बिहानैदेखि प्रदर्शन शुरु भएको छ ।

 

 

 

 

बन्दकर्ताहरुले बिहानै देखि माइस्थान, पावरहाउस, गण्डक लगायतका क्षेत्रहरुमा  बजार तथा सवारीसाधन बन्द गरेका छन् भने उनीहरुले त्यहाँ टायर बालेर प्रदर्शन गरिरहेका छन् । स्थायी राजधानी माग गर्दै वीरगंजमा १३ दिनदेखि रिले अनशन जारी छ। संघर्ष समितिमा कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलका नेताहरुको सक्रियता छ । आन्दोलनले ब्यापार , यातायात प्रभावित रहेका छन् ।

प्रकाशित : 18 January, 2018

प्रतिक्रिया दिनुहोस्