केपी ओली प्रचण्ड माधव नेपाल एमाले


को को भए एमालेबाट राष्ट्रियसभा सदस्य उम्मेदवारहरु ?

सहयात्रा टिभी

काठमाडौं । माघ–५ नेकपा एमालेका विभिन्न प्रदेश कमिटीहरुले राष्ट्रियसभाका उम्मेदवारको नाम सिफारिस गरेका छन् । एमालेको भोटमा २९ सिट परेको राष्टियसभाका ५६ सिटमध्ये वामपन्थी गठबन्धनले ४३ सिटमा जित्ने दाबी गरेको छ ।

सिफारिस गरेका उमेदवारहरु
वामपन्थी गठबन्धनको भागबण्डामा एमालेले प्रदेश २ मा खुला एक सदस्य पाएको छ । र प्रदेश कमिटीले भने आठ वटै सिटका लागि ५५ भन्दा बढी नाम सिफारिस गरेको सहसंयोजक नागेन्द्र चौधरीले बताए ।

एक खुला सदस्यका लागि प्रदेश कमिटीबाट रामचन्द्र पुरषोत्तम पौडेल, दिनेश राई, कमला महतो, यादव, धर्मनाथ शाह, रत्नेश्वर गोइत, सुधीर साह, यदुवंश झा, सुमन प्याकुरेल, चिरन्जीवी आचार्य लगायतको नाम सिफारिस भएको छ ।

प्रदेश ३ बाट पनि जिल्लाबाट आएका सबै नाम जस्ताको तस्तै केन्द्रमा पठाइएको छ । एमालेले यहाँ ५ सिट जित्ने अवस्था छ । जिल्लाबाट सिफारिसमा नपरेका तर, राष्टियसभामा आवश्यक व्यक्तित्वको नाम समेत थपेर केन्द्रमा सिफारिस गरिएका पोलिटव्यूरो सदस्य अरुण नेपालले बताए ।

प्रदेश नम्बर ४ बाट एमालेले खुला सदस्यमा प्रदेश सहसंयोजक गणेश तिमल्सिनाको एकल नाम सिफारिस गरेको छ । अपांगता भएकातर्फ एक सिटमा स्याङजाका रामवहावदुर थापा, म्याग्दीका केपी अधिकारी र कास्कीका सुर्य खड्का बेखर्चीको नाम सिफारिस भएको छ ।

दुई महिला सदस्यका लागि तनहुँकी शान्ति खनाल, स्याङ्जाकी चित्रा नेपाली, बाग्लुङकी शान्ति अधिकारी, नवलपुरकी रामकुमारी पाण्डे, लमजुङकी दिपा गुरुङ र गोरखाकी बिमला बोगटीको नाम सिफारिस भएको छ ।

प्रदेश ५ बाट १०० बढी नाम सिफारिस भएका छन् । अनेरास्ववियुका पूर्वअध्यक्षद्धय खिमलाल भट्टराई, ठाकुर गैरे लगायतका प्रभावशाली नेताहरु पनि सिफारिसमा परेका छन् ।

एमालेले ५ नम्बर प्रदेशबाट २ खुला सदस्यको सिट पाएको छ । प्रदेश कमिटीले प्रदेश संयोजक बिष्णु पौडेललाई स्थायी कमिटीमा नाम सिफारिस गर्ने अधिकार दिएको स्रोतले जनाएको छ ।

७ नम्बर प्रदेश कमिटीले ४ सिटका लागि प्रत्येक कोटामा तीनतीन जनाको नाम सिफारिस गरेको सहसंयोजक कर्णवहादुर थापाले बताए । खुला सदस्य एक सिट पाएकोमा एमालेले केन्द्रीय सदस्य महेश्वर पाठक, बिक्रम शाही र अछाम अध्यक्ष शेरवहादुर कुँवरको नाम सिफारिस गरेको छ ।

दलित कोटामा बैतडीका पुरनसिंह दयाल, बझाङका अफिलाल उखेडा र बैतडीकै चक्र फिनेही छन् । सिफारिस हुनेमा डोटीकी गौरी ओली, कैलालीकी सावित्री ओली, कैलालीकै साबित्रा घिमिरे, बाजुराकी राधिका बोहोरा, कञ्चनपुरकी इन्दु कडरिया र दार्चुलाकी हिरादेवी अवस्थी छन् ।

प्रकाशित : 19 January, 2018

प्रतिक्रिया दिनुहोस्