=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


बीरगंजमा उपेन्द्र यादवलाई प्रवेश निषेध भन्दै प्रदर्शन

सहयात्रा टिभी

बीरगंज । माघ -७, प्रदेश नंं २ को राजधानी बीरगंज हुनुपर्ने माग राख्दै आन्दोलनरत पक्षले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको विरोधमा वीरगञ्जमा कालो झण्डासहित प्रदर्शन गरेको छ । यादब महानगरपालिकाको प्रथम नगर सभाको उद्घाटन गर्नका लागि बीरगञ्ज गएका थिए ।

अर्को तर्फ प्रादेशिक राजधानी बीरगंज हुनुपर्ने माग गर्दै आन्दोलनरत संघर्ष समितिले यादविरुद्ध कालो झण्डासहित प्रदर्शन गरेको हो । संघर्ष समितिले प्रादेशिक राजधानी बनाउन असहयोग गर्ने नेताहरुलाई वीरगञ्ज प्रवेश निषेध गर्ने निर्णय गरेको थियो । यादव विरुद्घ प्रदर्शन भइरहे पनि उनी अर्को बाटो हुँदै नगरसभा स्थल ‘टाउन हल’ पुगेका छन् ।

अर्को तर्फ फोरमका नेता कार्यकर्ताहरुले भने यादवको समर्थनमा वीरगञ्जको मुख्य सडकमै मोटरसाईकल र्र्याली निकालेका थिए ।

प्रकाशित : 21 January, 2018

प्रतिक्रिया दिनुहोस्