थर हटाउने अभियान चलाउनुपर्ने विज्ञहरुको सुझाव (भिडियोसहित)
सुनिता तामाङ /रवी जोशी
काठमाडौ । महिलाहरुले आफ्नो अधिकार को लागि महिला आन्दोलन चलाईरहदा विवाह अघि र बिबाह पश्चात महिला को पहिचान के हुने भन्ने विषय अर्को जटिल विषय बनेको छ । जस्तैः विवाह पश्चात महिलाले आप्mनो थर जन्मको आधारमा राख्ने की श्रीमानको थर राख्ने भन्ने विषमा बहस चलेको छ । अन्तर पाटि दलित महिला सञ्जाले वर्ण व्यवस्थामा आधारित पितृसत्तात्क संचनामा महिला र पहिचानको सवालमा एक बहस नै चलाएको छ । बहसमा समाजसशास्त्री, राजनीति विश्लेषक, महिला अधिकारर्मी लगायत विभिन्न व्यत्तिहरुले सहभागीता जनाएका थिए । सहभागी व्यक्तित्वहरले महिलाको थर परिवर्तबारे आ–आप्mनो विचार तथा सुझाव दिएका थिए । नेपाली समाज विशेष गरी हिन्दु वर्ण ब्यवस्थामा आधारित भएकाले कुनै पनि महिलाको थर विवाह पश्चात सोत थर परिवर्तन हुन्छ । तर महिला अधिकारकर्मीहरु भने यो मान्यतालाई मान्न तयार छैनन् । जस्तैः विवाहपश्चात महिलाले आप्mनो विवाह अघि जुन थर हो त्यही थर हुनुपर्ने र त्यसकै आधारमा सम्पूर्ण अधिकारका साथै पहिचान हुनपर्ने उनीहरुको माग हो ।
हालै देशमा प्रदेशसभा र प्रधिनिधि सभाको निर्वाचन सम्पन्न भए सँगै समानुपातिक प्रणालीमा महिलाको थरको विषलाई लिएर विवाद बढेको छ साथै यस विषयमा महिलाहरुले बहस गर्न थालेका हो । समानुपातिक प्रणालीमा विभिन्न जात जातिको कोटाको आधारमा चयन हुने ब्यबस्थामा राजनितिक चेतना भएका महिलमा बिबाह पछिको महिलाको थर परिबर्तन बारे के हुने भन्ने बिषय नै निक्र्योल नभए पछि बिबाद बढेको हो । जस्तैः विवाहपश्चात गैर जनाजातिले जनजाती , गैर दलितले दलित, गैर मधेशीले मधेशी कोटामा र गैर मुस्लिमले मुस्लिम कोटामा दावी गरेको भन्दै वहस चलाएको हो । । जुन महिला आन्दोलन बिपरित भएको केही महिला अधिकारर्मीको ठहर छ । तर विभिन्न क्षेत्रका व्यत्विहरु भने थरसँग कुनै समस्या नरहेको बताउदै विस्तारै थर नै नराख्ने अभियान चलाउनुपर्ने सुझाव दिन्छन् ।
भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्