केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मनाङे, चौधरी र सिलवाल प्रहरीको ‘वान्टेड’ सूचीमा

सहयात्रा टिभी

काठमाडौँ । माघ –८ नेपाल प्रहरीले सांसदमा निर्वाचित पूर्वडीआईजी नवराज सिलवाल, रेशम चौधरी र प्रदेश सांसदमा विजयी राजीव गुरुङ उर्फ दीपक मनाङेलाई पक्राउ गर्न ‘वान्टेड’को सूचीमा राखेको छ । आजको गोखपत्र दैनिकमा खवर छ । 

प्रहरी महानिरीक्षक बढुवासम्बन्धी विवादमा सरकारी कागजपत्र कीर्ते गरेको आरोपमा सर्वोच्च अदालतले छानबिन गर्न आदेश दिएपछि नेपाल प्रहरीले सिलवाललाई खोजी गर्दै आएको छ ।
त्यसैगरी ज्यान मार्ने उद्योगमा उच्च अदालत पाटनले दोषी ठहर गरेका मनाङे पनि पक्राउको सूचीमा हुनुहुन्छ । पक्राउ पर्ने डर भएपछि मनाङे आइतबार प्रदेश ४ को अस्थायी केन्द्र पोखरामा प्रदेश सांसदको शपथग्रहण कार्यक्रममा समेत अनुपस्थित हुनुभयो । मयल
त्यसैगरी थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका अधिकारी मारिएको मुद्दामा जिल्ला अदालत कैलालीले चौधरीलाई पक्राउ गर्न आदेश जारी गरेको थियो । यही कारण सांसदमा विजयी भए पनि निर्वाचन आयोगले चौधरीलाई निर्वाचित भएको प्रमाणपत्र अझैसम्म दिएको छैन ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता मनोज न्यौपानेले फरार तीन जनालाई अदालतले समेत दोषी देखाइसकेका कारण ‘वान्टेड’ को सूचीमा राखी पक्राउको प्रयास भइरहेको बताउनुभयो । पक्राउका लागि मुलुकभर लिखित तथा मौखिक सर्कुलर भइसकेको छ, उहाँले भन्नुभयो ।
यी तीन ब्यक्तिलाई पक्राउ गर्न फोटोसहितको सूचना सार्वजनिक गरी वान्टेडमा राख्न आवश्यक भने नभएको उहाँले बताउनुभयो । उहाँहरू तीनै जना चिरपरिचित हुनुहुन्छ, फोटोसहितको सूचना जारी गर्न जरुरी छैन भन्दै उहाँले तीनै जनालाई पक्राउ गर्न प्रहरी परिचालन भएको जानकारी दिनुभयो ।
पूर्वडीआईजी सिलवाल नेकपा एमालेबाट ललितपुर क्षेत्र नम्बर–१ बाट र चौधरी राष्ट्रिय जनता पार्टीबाट कैलाली क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ भने मनाङे मनाङ प्रदेशसभामा स्वतन्त्रबाट निर्वाचित हुनुभएको छ ।
प्रहरीको वान्टेड सूचीमा रहेका सिलवाल, चौधरी र मनाङे तीनै जना फरार हुनुहुन्छ । प्रदेशसभाका सांसदको शपथग्रहणको मौका छोपी आइतारबार मनाङेलाई पक्राउ गर्न पोखरा पुगेको प्रहरी टोली रित्तो फर्किएको छ । मनाङे शपथग्रहरणमा अनुपस्थित भएपछि प्रहरी फर्किएको हो ।
आईजीपी बढुवामा कार्य सम्पादन मूल्याङ्कन (कासमु) कीर्ते गरी डीआईजीबाट नै राजीनामा दिनुभएका सिलवाल एमालेबाट उम्मेदवारी दिएर ललितपुरबाट विजयी हुन सफल हुनुभएको थियो ।
सर्वोच्च अदालतले कीर्ते मुद्दामा सिलवालमाथि छानबिन गर्न आदेश दिएपछि भने उहाँ फरार हुनुभएको हो । एक नाबालकसहित सात जना सुरक्षाकर्मीको हत्या घटनाका मुख्य योजनाकारको अभियोगमा चौधरीलाई पनि अदालतले पक्राउ गरी उपस्थित गराउन यसअघि नै आदेश दिएको थियो ।

प्रकाशित : 22 January, 2018

प्रतिक्रिया दिनुहोस्