केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सबैभन्दा बढी मतदाता प्रदेश नं २ मा र कम प्रदेश नं. ६ मा

सहयात्रा टिभी

काठमाडौँ । माघ–८  राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबैभन्दा बढी मतदाता निर्वाचक मण्डल प्रदेश नं २ मा र सबैभन्दा कम प्रदेश नं ६ मा रहेका छन्।

आयोगले प्रकाशन गरेको नामावलीअनुसार प्रदेश नं १ मा ३६७, प्रदेश नं २ मा ३७९, प्रदेश नं ३ मा ३४८, प्रदेश नं ४ मा २३०, प्रदेश नं ५ मा ३०५, प्रदेश नं ६ मा १९८ र प्रदेश नं ७ मा २२९ मतदाता रहेका छन् ।

आयोगको निर्वाचन तालिकाअनुसार माघ १० गते उम्मेदवारको मनोनयन दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।

आयोगले प्रदेश नं १ को मोरङको विराटनगर, प्रदेश नं २ को धनुषाको जनकपुरधाम, प्रदेश नं ३ को ललितपुरको पाटन, प्रदेश नं ४ को कास्कीको पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरेको छ।

आयोगले आइतवार मतदाता नामवली प्रकाशित गरेको थियो ।

प्रकाशित : 22 January, 2018

प्रतिक्रिया दिनुहोस्