गोपाल खड्काको अख्तियारमा वयान सुरु

सहयात्रा टिभी

काठमाण्डौँ । माघ ९,पेट्रोलियम भण्डारणका लागि जग्गा खरिद प्रकरणमा अनियमितता गरेको आरोप खेपिरहेका गोपाल बाहदुर खड्काको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (मंगलबार)देखि बयान लिने भएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक रहँदा गोपालबहादुर खड्काले निगमबाट पेट्रोलियम भण्डारणका लागि जग्गा खरिद गर्दा एक अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको आरोप छ । तत्कालिन संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले निगमले जग्गा खरिद गर्दा जायज मूल्यभन्दा चार गुणासम्म बढी तिरेर घोटाला गरेको बताएको थियो ।


जग्गा खरिद काण्डमा मुछिएका जग्गाधनी, बिचौलिया, टेन्डरदाता, तत्कालिन स्थानीय निकायका प्रतिनिधि लगायत निगमका उच्च पदस्थ १६ जनाको वयान सकिएको छ । निगमले झापा, सर्लाही, चितवन र भैरहवामा पेट्रोलियम भण्डारणका लागि जग्गा खरिद प्रकरणमा कायम मुल्यभन्दा बढिमा जग्गा किनेको, खोलाको बगरमा चर्कोमुल्यमा जमीन किनेको जस्ता आरोपहरु खेपिरहेको छ ।

प्रकाशित : 23 January, 2018

प्रतिक्रिया दिनुहोस्