केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसले लगायो चार ओटा प्रदेशमा राष्ट्रियसभा उम्मेदवारको टुङ्गो

सहयात्रा टिभी

काठमाण्डौँ । माघ- ९, सत्तारुढ दल नेपाली कांग्रसले आज प्रदेश राष्ट्रियसभा निर्वाचनका लागि ४ ओटा प्रदेशमा पार्टीले उठाउने उम्मेदवार तय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको कांग्रेस संसदीय बोर्डको बैठकले प्रदेश नं ४, ५, ६ र ७ मा पार्टीले उठाउने उम्मेदवारको टुंगो लगाएको हो तर प्रदेश नं १, २ र ३ मा उम्मेदवार तय गरिसकेको छैन ।

नेता बालकृष्ण खाणले प्रदेश ६ बाट कालिकोटका विष्णुबहादुर शाही खुल्लामा, जुम्लाकी सूर्यदेवी मल्ल महिलामा, सल्यानका सिताराम विके दलितमा र गोपालप्रसाद शर्मालाई अपाङ्ग अल्पसंख्यकमा उम्मेदवार बनाउने निर्णय भएको बताए ।
प्रदेश नं ४ बाट गोरखाका सुरेन्द्रराज पाण्डे खुल्लामा, बृन्दा राना मगर महिलामा, जीतबहादुर नेपाली दलितमा र प्रकाश पन्तलाई अपाङ्ग अल्पसंख्यकमा उम्मेदवार बनाउने भएको छ ।
प्रदेश नं ५ बाट दुर्गाप्रसाद उपाध्याय खुल्लामा, अनिता देवकोटा महिलामा, मैकुलाल बाल्मीकी दलितमा र लुटबहादुर खत्रीलाई अपाङग् अल्पसंख्यकमा उम्मेदवार बनाउने निर्णय भएको छ ।
त्यसै गरी प्रदेश नं ७ मा सोमबार नै उम्मेदवार तय भइसकेको थियो जसमा बद्री पाण्डे खुल्लामा, तारादेवी भट्ट महिलामा, शेरीराम पार्की दलितमा, र छत्रराज जोशीलाई अपाङ्ग अल्पसंख्यकमा उम्मेदवार बनाउने निर्णय भएको थियो ।

प्रकाशित : 23 January, 2018

प्रतिक्रिया दिनुहोस्