केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रिय सभाको ५६ सिटका लागि आज उम्मेदवारी दर्ता : यस्तो छ कार्यतालिका

सहयात्रा टिभी

काठमाडौं । आज राष्ट्रिय सभाको ५६ सिटका लागि उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावका लागि गएको पुस २९ गते नै सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको थियो । ७ वटै प्रदेशका उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ र डोटीका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार दर्ता हुँदैछ ।

आयोगले राष्ट्रिय सभा उम्मेदवार मनोनयन दर्ताका लागि बुधबार बिहान १० बजेदेखि ४ बजेसम्मको समय तोकेको छ । निर्वाचन कार्यालयले बेलुकी ४ देखि ५ बजेसम्म उम्मेदवार दर्ता सूची प्रकाशन गर्नेछ ।

यस्तै माघ ११ र १२ गते बिहान १० देखि ५ बजेसम्म उम्मेदवार उपर दाबी विरोध उजुरी दर्ता गर्न सकिनेछ । माघ १३ गते १० बजेदेखि ५ बजेसम्म उम्मेदवारविरुद्ध दाबी विरोध उपर निर्णय लिने र माघ १४ गते १० देखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

यसैगरी माघ १५ गते दिउँसो १ बजेदेखि २ बजेसम्म उम्मेदवार नामावली फिर्ता दिने, ३ बजेदेखि ४ बजेसम्म राष्ट्रिय सभा सदस्य उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र बेलुकी ४ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न दिने कार्यतालिका छ । माघ २४ गते बिहान १० देखि ३ बजेसम्म राष्ट्रिय सभा सदस्यको चुनाव सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ ।

यही माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य चुनावमा ५ सय ५० जना प्रदेश सभा सदस्य र १५ सय ६ जना गाउँपालिका तथा नगरपालिकाका प्रमुखरउपप्रमुख गरी २०५६ जना मतदाता छन् ।

प्रत्येक प्रदेशबाट महिला ३ जना, दलित १ जना, अपाङ्गता तथा अल्पसंख्यक मध्येबाट १ जना तथा अन्य ३ जना सहित ८र८ जना गरी ५६ जना निर्वा्चित हुनेछन् । राष्ट्रपतिबाट मनोनित ३ जना सहित ५९ जनाको राष्ट्रिय सभा बन्नेछ ।

प्रकाशित : 24 January, 2018

प्रतिक्रिया दिनुहोस्