=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


प्राण आहूति दिने सहिदहरूको सम्झनामा सहिद सप्ताह आजदेखि सुरु

सहयात्रा टिभी

काठमाडौ । माघ–१० देशका लागि प्राणको आहूत्ति दिने सहिदहरूको सम्झनामा सहिद सप्ताह आजदेखि सुरु भएको छ ।

सरकारले सहिदहरूको सम्मानमा हरेक वर्ष मनाउँदै आएको सहिद सप्ताह यस वर्ष पनि मनाउन लागेको हो । माघ १० देखि माघ १६ गतेसम्म मनाइँदै आएको सहिद सप्ताहका अवसरमा काठमाडौं महानगरपालिकाको आयोजनामा विभिन्न कार्यक्रमहरू हुनेछन् ।

सहिदहरूको सम्झनामा २०१२ सालदेखि हरेक वर्ष सहिद दिवस मनाउन थालिएको हो । राणा शासनको विरोध गरेर जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट गराएको आरोपमा त्यतिबेलाको राणा सरकारले १९९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्यु दण्ड दिएको थियो । उनीहरूलाई निरंकुश जहानियाँ राणा शासन अन्त्यको अभियानका क्रममा मृत्युदण्डको सजाय दिइएको थियो ।

प्रकाशित : 24 January, 2018

प्रतिक्रिया दिनुहोस्